• २०८३ बैशाख १८ गते शुक्रवार

दक्षिण अफ्रिकाविरुद्धको टी-२० सिरिज भारतले जित्यो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष ५, काठमाडौं ।   भारतले दक्षिण अफ्रिकाविरुद्धको टी-२० सिरिज जितेको छ । गएराती सम्पन्न सिरिजको पाँचौ खेल ३० रनले जितेसँगै सिरिज ३-१ ले जितेको हो ।

शुक्रबार अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा पहिले ब्याटिङ गर्दै भारतले तिलक वर्मा र हार्दिक पाण्ड्याको अर्धशतकको मद्दतले २० ओभरमा पाँच विकेट गुमाएर २३१ रन बनाएको थियो । जवाफमा दक्षिण अफ्रिकाले २० ओभरमा आठ विकेट गुमाएर २०१ रन मात्र बनाउन सक्यो र खेल ३० रनले हारेको थियो ।

यसअघि भारतले पहिलो टी-२० (१०१ रन) र तेस्रो टी-२० (७ विकेट) जितेको थियो भने दक्षिण अफ्रिकाले सिरिजको दोस्रो खेल ५१ रनले जितेको थियो । त्यस्तै लखनऊमा खेलिने तय भएको चौथो टी-२० बाक्लो कुहिरोका कारण रद्द गरिएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस