• २०८३ कार्तिक २१ गते शुक्रवार

एमालेको सचिवालय बैठक बस्दै

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर ४, काठमाडौं । नेकपा एमालेले आज सचिवालय बैठक बोलाएको छ ।

आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेगरी एमाले सचिवालय बैठक बोलाइएको हो ।

बैठकमा मंसिर ६ गते काठमाडौंमा हुने जनप्रदर्शन र ११ औं महाधिवेशनको तयारीका विषयमा छलफल हुने बताइएको छ । एमालेले आगामी मंसिर २७, २८ र २९ गते हुने महाधिवेशनका लागि १३ गते देशैभर प्रतिनिधि छनोट गर्दैछ ।

Sharing

प्रतिक्रिया दिनुहोस