• २०८३ जेष्ठ २९ गते शुक्रवार

महाकालीमा बहाव बढेपछि बनबासा पुलमा चारपांग्रे सवारीसाधन निषेध

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ ४, कञ्चनपुर । नेपाल–भारत जोड्ने बनबासा पक्की पुलमा चारपांग्रे सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । कञ्चनपुरको भीमदत्त नगरपालिका–११, गड्डाचौकीस्थित महाकाली नदीमा पानीको बहाव बढेपछि उक्त पुलमा चारपांग्रे सवारीको आवतजावत बन्द गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बुधबार ३: ४५ बजे महाकाली नदीमा पानीको बहाव १, ०४, ४१३ क्युसेक पुगेपछि पानीको बहाव बढदो क्रममा रहेकाले चार पाङ्ग्रे सवारी साधन चलाउन रोक लगाइएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस