• २०८३ कार्तिक २६ गते बुधवार

भरूवा बन्दुक सहित एक जना पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ ४, डडेल्धुरा । डडेल्धुराको आलिताल गाउँपालिका-४ रज्यौडा बस्ने दिपक सिजालीलाई भरूवा बन्दुक १ थान सहित प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त बन्दुक फेला पारी पक्राउ गरेको हो । साथै प्रहरीले सोही ठाउँ बस्ने गगन बोहराको घर तलासी गर्दा भरुवा बन्दुक १ थान फेला पारी बरामद गरेको छ ।

प्रहरीले हाल फरार गगनको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस