मंसिर ३, काठमाडौं । बाँकेको नेपालगञ्जमा एक युवकमाथि आक्रमण गरी फरार रहेका विनय भण्डारीलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बाँकेको प्रहरी टोलीले उनलाई नेपालगञ्ज–१ बाट सोमबार नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार भण्डारीले गत १३ वैशाखमा नेपालगञ्ज–१८ कारकाँदोस्थित सुर्खेत रोडमा एक युवालाई नियन्त्रणमा लिएर कुटपिट गरेका थिए। घटनापछि उनी लामो समयसम्म फरार रहेका थिए।
जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी अंगुर जिसीले भण्डारीमाथि ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दामा अनुसन्धान अघि बढाइएको जानकारी दिए।
पहिलेका मुद्दाहरू पनि खुले
भण्डारीविरुद्ध यसअघि समेत विभिन्न प्रकारका तीनवटा मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ।
२४ फागुन २०७३ : सवारी ज्यान मुद्दा (बाँके)
१८ माघ २०७८ : डाँका चोरी (बाँके)
१८ पुस २०७९ : ज्यान मार्ने उद्योग (बाँके)
प्रहरीका अनुसार पुराना मुद्दासहित हालको आक्रमण प्रकरणमा पनि कानुनी प्रक्रिया अघि बढाइनेछ।