• २०८३ बैशाख ९ गते बुधवार

असोज २७ गतेसम्म मैले मोबाइल चलाउन पाइन- ओली

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक २, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलनमा सेनाको सुरक्षामा बस्दा आफ्नो मोबाइल सिज गरिएको बताएका छन् । आइतबार सम्पादकहरुसँग अन्तरक्रियामा बोल्दै ओलीले प्रधानमन्त्रीको शपथग्रहण अगाडिसम्म आफूले मोबाइल चलाउन नपाएको बताउदै सेनाले आफ्नो मोबाइल लिएको बताएका हुन् ।

उनले भने- ‘राजीनामा दिएपछि म सेनाको सुरक्षाभित्र रहेँ । यसलाई तपाईंहरु जेसुकै संज्ञा दिन सक्नुहुन्छ, म सेनाको सुरक्षामा थिए । प्रधानमन्त्रीको शपथग्रहण अगाडिसम्म मेरो मोबाइल सिज गरिएको थियो । त्यसैले म २७ गते बेलुकासम्म म कन्ट्याक्टमा रहिन ।’

ओलीलाई तपाइँ सेनाको सुरक्षामा या नियन्त्रण के मा हुनुहुन्थ्यो ? भन्ने प्रश्नको जवाफ दिदै ओलीले यस्तो बताएका हुन् ।

Sharing

प्रतिक्रिया दिनुहोस