• २०८३ बैशाख ७ गते सोमवार

प्रधान सेनापति सिग्देलबाट रथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक २, काठमाडौं । प्रधान सेनापति महारथी अशोक राज सिग्देलले रथी दर्जामा पदोन्नति भएका उपरथी गणेश कुमार श्रेष्ठलाई रथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।

उनी नेपाल सरकार, मन्त्री परिषद्को निर्णय बमोजिम आश्विन ३० गतेबाट रथी दर्जामा पदोन्नति भएका हुन् । पदोन्नतिसँगै रथी श्रेष्ठ बलाध्यक्षमा नियुक्त भएका छन् ।

दर्ज्यानी चिन्ह प्रदान गर्न आयोजित कार्यक्रममा रथीवृन्द तथा अधिकृतहरूका साथै पदोन्नति भएका रथीबृन्दको परिवारजनको उपस्थिति थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस