• २०८३ असार १३ गते शनिवार

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ ६, कैलाली । प्रहरीले जबरजस्ती करणी गरेको अभियोगमा १ जनालाई पक्राउ गरेको छ । १७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा कैलारी गाउँपालिका(७ रामपुर बस्ने २३ वर्षीय अरुण चौधरीलाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो ।

चौधरीले ती बालिकालाई आफ्नै घरमा लगि जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ सिमा प्रहरी चौकी रामपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस