• २०८३ जेष्ठ २० गते बुधवार

राससले पाठक र दर्शकको मन जित्न सकोस् : पूर्वराष्ट्रपति भण्डारी

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन ७, काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय समाचार समिति (रासस)ले सत्यतथ्य समाचार सम्प्रेषण गरेर आम पाठक, दर्शक र स्रोताको मन जित्नुपर्ने बताउनुभएको छ ।

राससको ६४औँ वार्षिकोत्सवका अवसरमा सामाजिक सञ्जाल एक्समार्फत शुभकामना दिनुहुँदै पूर्वराष्ट्रपतिले राज्यको एकमात्र आधिकारिक सामाचार एजेन्सी भएकाले देशविदेशमा देशलाई चिनाउने गरी राससले काम गर्नुपर्ने बताउनुभएको छ ।

राससले आफ्नो सेवालाई समयनाकूल परिवर्तन गर्दै राज्यको आधिकारिक समाचारलाई मिडियामार्फत जनतासम्म पुर्याउने र जनताका विचारलाई राज्यसम्म पुर्याउने मुख्य प्रचार साझेदारका रूपमा राससले पहिचान बनाएको उल्लेख गर्दै उहाँले लेख्नुभएको छ, “राससको थप प्रगति र उन्नतिको कामना गर्दछु ।”

Sharing

प्रतिक्रिया दिनुहोस