• २०८३ जेष्ठ १७ गते आइतवार

नेपाल र श्रीलंकाबीचको खेल बर्षाले रद्ध

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ ३०, काठमाडौं । जारी टी-२० विश्वकप अन्तर्गत नेपाल र श्रीलंकाबीचको खेल बर्षाले रद्ध भएको छ । अमेरिकाको फ्लोरिडास्थित सेन्ट्रल ब्रोवार्ड रिजनल पार्क स्टेडियममा हुने भनिएको यो खेल लगातारको बर्षापछि रद्ध भएको हो ।

खेल रद्ध भएसँगै नेपाल र श्रीलंका दुवैले एक एक अंक बाँडेका छन् । यो नेपालले यस विश्वकपमा हासिल गरेको पहिलो अंक हो ।

यो खेल हुन नसकेपछि श्रीलंका भने विश्वकपको समुह चरणबाटै बाहिरिएको छ । श्रीलंकाले यसअघि दुवै खेल हारेको थियो । अब नेपालले जुन १५ मा दक्षिण अफ्रिकासँग खेल्ने छ भने श्रीलंकाले जुन १७ मा नेदरल्याण्डससँग खेल्ने छ ।

Sharing

प्रतिक्रिया दिनुहोस