भदौ २, बाँके। बाँकेमा फरार अपराधि, लागु औषध विक्रेता, ओसार पसारकर्ता र गैरकानुनी कार्यमा लागेकाहरु धमाधम पक्राउ पर्न थालेपछि भागाभाग भएको छ । एसपी रामप्रसाद घर्तीमगरले बाँके प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेदेखि खरो रूपमा प्रस्तुत भएपछि गैरकानुनी कार्य गर्नेहरुको भागाभाग भएको हो ।

एसपी घर्तीमगरले बाँके प्रहरीको कमाण्ड सम्हालेपछि १३ वर्षदेखि फरार अपराधिसमेत पक्राउ परेका छन् । बाँके प्रहरीले २०६८ सालमा बाँके जिल्ला अदालतले सर्वस्वसहित जन्म कैद फैसला गरेको फरार अपराधि साविक नौवस्ता गाउँ विकास समिति ६ का ६३ वर्षीय आशाराम थारुलाई आइतवार पक्राउ गरेको छ ।
थारुले साविक नौवस्ता गाविस ४ का गणेश बादीको ३० असार, २०६१ मा कर्तब्य ज्यान गरि फरार भएका थिए । एसपीको कडा निर्देशनले तस्करी निस्तेज पार्ने उद्देश्यका साथ अहिले बाँके प्रहरीले लागु औषधको जालो तोड्दै धमाधम अवैध सामग्री बरामद गर्दै आएको एसपी रामप्रसाद घर्ती मगरले जानकारी दिए।