• २०८३ जेष्ठ ५ गते मङ्गलवार

नेपालको पहिचान र मौलिकताको संरक्षण आदिवासी जनजातिले गरेका छन् : सभापति देउवा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन २, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले विविधता नेपालको मौलिकता भएको र त्यसको संरक्षण आदिवासी जनजाति समुदायले गरेको बताएका छन् । शुक्रबार नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासङ्घ केन्द्रीय कार्यसमितिको २८ औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले देशको पहिचान बचाउन आदिवासी जनजाति समुदायले काम गरेको बताएका हुन् ।

उनले भने, ‘नेपाल सबै जातजातिको देश हो । विविधता हाम्रौ मौलिकता हो । आदिवासी जनजातिहरुले हाम्रो देशको पहिचान बचाउन सक्नु महत्वपूर्ण काम गरेका छन् । पहिले सगरमाथा चढ्ने पनि तेन्जिङ शेर्पा नै हो । आदिवासी जनजातिहरुले धेरै किसिमको पहिचान बचाएर राख्नुभएको छ ।’ सभापति देउवाले पहिचानसहितको राष्ट्र बनाउन जरुरी रहेको भन्दै देशको भेषभाषा बचाउनुपर्ने बताएका छन् ।

यस्तै उक्त कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालको संविधानमा भएका विशेषता कसैले खोस्न नसक्ने भन्दै संविधान संशोधनमा काग्रेस प्रस्ट हुनुपर्ने बताए । उनले भने, ‘नेपालको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान जून छ यसका जून विषेशताहरु छन् यो कसैले दिएको हैन । यो कसैले खोसेर लान सक्दैन । त्यसैले संविधान संशोधनमा नेपाली कांग्रेसको पोजिसन एकदम प्रस्ट हुन आवश्यक छ ।’

उनले सबै पक्षसँग छलफल र संवाद गरी संविधान संशोधनको बाटोमा लिएर जाने समेत बताए ।

Sharing

प्रतिक्रिया दिनुहोस