• २०८३ बैशाख ५ गते शनिवार

हवाई सेवा प्राधिकरणको अध्यक्ष बन्न १५ बर्षको अनुभव अनिवार्य गर्न माग

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन २ , काठमाडौं । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा नेपाल हवाई सेवा प्राधिकरणको गठन गर्दा व्यूरोक्रेसीलाई भन्दा प्राविधिक पक्षलाई हेर्नुपर्ने सांसदहरुले धारणा राखेका छन् । शुक्रबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद सोबिता गौतमले हवाई क्षेत्रको सुरक्षाका लागि प्राविधिकरुपमा हेर्नुपर्ने बताएकी हुन् ।

उनले भनिन्, ‘नेपाल हवाई सेवा प्राधिकरणको गठन गर्दा ब्यूरोक्रेसीलाई भन्दा पनि प्राविधिक रुपमा विधेयकलाई हेर्नुपर्छ । यसको सम्बन्ध प्रत्यक्ष यात्रुसँग हुने भएकाले टेक्निकल पार्टलाई ध्यान दिनुपर्छ ।’

Sharing

प्रतिक्रिया दिनुहोस