• २०८३ असार २ गते मङ्गलवार

सुनको मूल्य निरन्तर अकासिँदो, तोलामा ११०० ले वृद्धि

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत ५, काठमाडौं । सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । हिजो सोमबार प्रतितोला रु एक लाख ७४ हजार १०० मा कारोबार भएको सुन आज तोलामा रु एक हजार १०० ले बढेर रु एक लाख ७५ हजार २०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यसअघि गत शुक्रबार सुनको मूल्य प्रतितोला रु एक लाख ७४ हजार ५०० कायम भएको थियो ।

यसैगरी, चाँदीको मोल प्रतितोला रु दुई हजार ५० निर्धारण भएको छ । अन्तरराष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔँस तीन हजार १२ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।

आरआर क्याम्पसमा स्ववियु चुनाव स्थगित

Sharing

प्रतिक्रिया दिनुहोस