• २०८३ असार ३ गते बुधवार

एमाले महाधिवेशन: साँझ ५ बजेसम्म ८०२ मत खस्यो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष २, काठमाडौं ।   नेकपा एमालेको जारी ११औं महाधिवेशनमा नयाँ नेतृत्व चयन गर्नका लागि मतदान प्रक्रिया सुस्त गतिमा जारी रहेको छ । केन्द्रीय निर्वाचन आयोगले साँझ ५ बजेसम्म ८०२ जनाले मतदान गरेको जानकारी दिएको छ ।

भृकुटीमण्डपस्थित मतदानस्थलमा एक प्रतिनिधिले मत खसाल्न बढीमा २ घन्टासम्म लगाएको आयोगले जनाएको छ । आयोगले औसतमा एक जनाले मतदान गर्न ३० देखि ३५ मिनेट लागिरहेको जानकारी दिएको छ ।

विहान ९: २० बजेदेखि सुरू भएको मतदान रातिसम्म चल्न सक्ने देखिएको छ । आयोगले मतदान गरेर नसकुन्जेल मतदान जारी रहने भएकाले प्रतिनिधिहरूले राति ८ बजेभित्र मतदानस्थलमा रहेको हलभित्र प्रवेश गरिसक्नुपर्ने सूचना जारी गरेको छ । आयोगले मतदान सकिएको तीन घण्टाभित्र मत परिणाम सार्बजनिक हुने बताएको छ ।

एमालेका १९ पदाधिकारीसहित ३०१ सदस्यीय केन्द्रीय कमिटीका लागि ६२२ जनाले उम्मेदवारी दिएका छन् । जारी महाधिवेशनमा २२६३ जना प्रतिनिधिहरूले मतदान गर्दैछन् ।

Sharing

प्रतिक्रिया दिनुहोस