असार २२, काठमाडौं। राप्रपा शुसासन बिभाग तथा राष्ट्रिय प्रजातन्त्रिक बिध्यार्थी संगठनले अर्थमन्त्री लगायत ८ जनाविरुद्ध राज्यविरुद्धको अपराधमा जाहेरी दिएका थिए, तर प्रहरीले उक्त जाहेरी लिन अस्वीकार गरेको छ । माथिको आदेश भन्दै प्रहरीले जाहेरी लिन अस्वीकार गरेको हो । जनार्दन शर्मालाइ तत्काल पदबाट बर्खास्त गरि कारवाहि नभए राप्रबिसंले कडा आन्दोलन गर्ने राप्रबिसंका केन्द्रीय उपाध्यक्ष जे.पि. बगालेले जनाए ।

जनताको जनजिविका तथा राज्यमा भएका विकृति र विसंगतीका विरुद्द राप्रविसं र राप्रपा सुसासन विभागले समन्वय गरि बिभिन्न चरणमा खबरदारी गर्दै आइरहेको छ । दिउसै मुस्किलले सामान्य मानिस छिर्न नसक्ने सिंहदरबारमा १४ जेठ २०७९ मा एक भारतीय नागरिकसहितको माफियाको गिरोह छिरेर करका दरहरु परिवर्तन गर्न लगाइ बजेटमा प्रभाब पारेको घटनाको सिसिटिभी फुटेज समेत नष्ट गरिएपछि राप्रपा आक्रोशित बनेको हो ।
सिंहदरबारमा सेना र प्रहरी र राष्ट्रिय अनुसन्धानको सुरक्षा घेरा छ । प्रहरीले मूलढोकाहरुमा विशेष सुरक्षा र निगरानी गर्छ । को गयो र को आयो भन्ने प्रहरीले रेकर्डमा राख्छ । प्रहरी गृह मन्त्रालय अन्तर्गतको निकाय हो । अहिले जर्नादन शर्माको राजीनामा माग्नुमा सिंहदरबारभित्र मध्यराति करको दर हेरफेरका लागि मान्छे छिराएको भन्नेमा छ । सिंहदरबारभित्र कोही छिर्छ भने त्यसको जिम्मेवार निकाय गृह मन्त्रालय हो र पहिलो जिम्मेवारी मन्त्री खाँणले नै लिनुपर्छ भन्ने विषय उठेको छ । र यसको गृह मन्त्रालयले समेत जिम्मेवारी लिनुपर्ने राप्रबिसं उपाध्यक्ष जे.पि. बगालेले जनाए
राप्रपा सुसासन बिभाग र राप्रबिसंले उजुरि दिएपश्चात् अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजिनामा दिएका छन भने राप्रबिसंले पदबाट राजीनामा दिदैमा राज्यद्रोहको अभियोगबाट उन्मुक्ति नपाउने जनाएका छन । यसविरुद्धमा देशैभरि खबरदारी गर्ने राप्रबिसंका केन्द्रीय उपाध्यक्ष जे.पि. बगालेले जनाए