• २०८३ जेष्ठ २२ गते शुक्रवार

एमाले सचिवालय बैठकमा ११ पदाधिकारी राख्ने प्रस्ताव

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन १, काठमाडौं । नेकपा एमालेको सचिवालय बैठकमा पदाधिकारी सङ्ख्या घटाउने प्रस्ताव पुगेको छ । बिहीबार बसेको सचिवालय बैठकमा उपाध्यक्ष विष्णु पौडेलले तयार पारेको विधान संशोधन प्रस्तावमा यो विषय समेटिएको एक नेताले जानकारी दिए ।

ती नेताका अनुसार १ अध्यक्ष, ३ उपाध्यक्ष, एक महासचिव, १उपमहासचिव र ५ सचिवसहित ११ सदस्यीय राख्ने प्रस्ताव पेस भएको छ । उक्त प्रस्तावमाथि छलफल जारी रहेको छ । त्यस्तै संशोधित विधान प्रस्तावमा १९९ केन्द्रीय सदस्य रहने उल्लेख छ ।

हाल एमालेमा वरिष्ठ उपाध्यक्षसहित १९ पदाधिकारी रहेका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस