• २०८३ जेष्ठ १९ गते मङ्गलवार

साम्बा वेलिंगटन फिनिक्समा अनुबन्धित

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन १, काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी स्टार सावित्रा भण्डारी ‘साम्बा’ न्युजिल्याण्डको वेलिंगटन फिनिक्स फुटबल क्लबमा आवद्ध भएकी छिन् । साम्बाले सन् २०२५-२६ सिजनका लागि अष्ट्रेलियाको ए लिग खेल्ने क्लब वेलिंगटनसँग अनुबन्ध गरेकी हुन् ।

वेलिंगटन न्युजिल्याण्डको क्लब भएपनि यसले अष्ट्रेलियाको शीर्ष डिभिजन लिग खेल्दै आएको छ । फ्रान्सको एन अभान्ट ग्वेंगाम्पबाट २ सिजन खेलेपछि साम्बाले अष्ट्रेलियाको लिगमा खेल्ने निर्णय लिएकी हुन् । उनले त्यसअघि इजरायलको हापोएल राना’नाबाट पनि खेलेकी थिइन् । उनले दक्षिण एसियामा भारत र माल्दिभ्समा पनि खेलिसकेकी छिन् ।

साम्बाले गत महिना सम्पन्न एएफसी एसियन कप छनोटमा राष्ट्रिय टोलीको कप्तानी पनि गरेकी थिइन् । तर नेपाल अन्तिम खेलमा उज्वेकिस्तानसँग पेनाल्टीमा हार्दा एसियन कपमा भने छनोट हुन सकेन ।

Sharing

प्रतिक्रिया दिनुहोस