• २०८३ मङ्सिर ४ गते बिहिवार

तीन सय रुपैयाँले बढ्यो सुनको मूल्य

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन १, काठमाडौं । आर्थिक वर्ष २०८२÷८३ को पहिलो दिन आज नेपाली बजारमा सुनको मूल्य बढेको  छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज  सुनको मूल्य तीन सय रुपैयाँले बढेको हो ।

बुधबार १ लाख ९२ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला एक लाख ९२ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य पनि घटेको छ । महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेर २ हजार २ सय ६५ रुपैयाँमा कारोबार भैइरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस