• २०८३ बैशाख ३१ गते बिहिवार

रसुवागढी बाढीबारे राष्ट्रिय सभामा उठ्यो आवाज : चीनको बेवास्ताका कारण जनधनको क्षति भएको आरोप

चीनले समयमै अलर्ट जारी गरेको भए जनधनको क्षति न्यून गर्न सकिन्थ्यो : सिद्धिकी
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन १, काठमाडौं । गत असार २४ गते रसुवागढीमा आएको भयानक बाढीका बारे राष्ट्रिय सभामा सांसदहरुले आवाज उठाएका छन् । जनता समाजवादी पार्टी नेपालका तर्फबाट राष्ट्रिय सभा सदस्य मो.खालिद सिद्धिकीले सो बाढीमा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै तत्काल राहत र उद्धारमा खटिएका नेपाली सेना, नेपाल प्रहरी र प्रशासनलाई धन्यवादसमेत दिएका हुन् ।

राष्ट्रिय सभा सदस्य सिद्धिकीले चीनको तर्फबाट समयमै अलर्ट जारी भएको भए जनधनको ठूलो क्षति हुनबाट रोक्न सकिने बताए । उनले भने, ‘यो क्षति बाढीका कारणले होस् वा ग्लेसियर फुटेको कारणले होस्, चीनको तर्फबाट समयमै अलर्ट जारी भएको भए जनधनको क्षति न्यून गर्न सकिन्थ्यो । आउने दिनमा यससम्बन्धी विशेष सतर्कता अपनाउन जरुरी देखिन्छ ।’

Sharing

प्रतिक्रिया दिनुहोस