• २०८३ बैशाख ८ गते मङ्गलवार

रौतहटमा गाडीबाट लडेर युवकको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ ३, रौतहट । पूर्व पश्चिम राजमार्ग अन्तर्गत रौतहटको चन्द्रपुर नगरपालिका स्थित दुर्घटनामा परेर एकजना अन्दाजी ३५ बर्षीय युवकको मृत्यु भएको छ। मृतकको पहिचान र दुर्घटना भएको गाडीको हालसम्म यकिन खुल्न नसकेको ईलाका प्रहरी कार्यालय चन्द्रिगाहपुरका प्रमुख डिएसपी राजकुमार राईले बताए ।

गएराति १० बजेको समयमा चन्द्रपुर–४ पुर्व पश्चिम राजमार्ग सडक खण्डमा उक्त युवक दुर्घटना भई घाईते अवस्थामा लडेको फेलापरेको थियो। प्रहरी गस्ती टोलीले तत्काल निजलाई उद्दार गरी उपचारको लागी स्थानिय अस्पतालमा पठाईएकोमा डाक्टरले मृत् घोषणा गरेको डिएसपी राईले बताएका छन्। राजमार्गमा गुडिरहेको कुनै गाडी बाट लडेर उक्त दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको डिएसपी राईको भनाई रहेको छ।

मृतकको शव पोष्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र चन्द्रनिगाहपुरमा राखिएको तथा घटना सम्बन्धी अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय चन्द्रिगाहपुरले जनाएको छ। मृतकलाई चिन्नु हुने महानुभावहरूले ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा सम्पर्क गर्नहुन प्रहरीले अनुरोधसमेत गरेको छ।

Sharing

प्रतिक्रिया दिनुहोस