• २०८३ बैशाख १० गते बिहिवार

एपीएफलाई हराउँदै आर्मीकाे लगातार पाँचाैं जीत

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत ४, काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले सशस्त्र प्रहरी बलकाे एपीएफ क्लबलाई ३ विकेटले हराएकाे छ । एपीएफले दिएको १ सय ४२ रनको लक्ष्य आर्मीले ४३ बलअघि ७ विकेट गुमाएर भेटायो ।

आर्मीका कुशल मल्ल र सोमपाल कामीले नटआउट ३१ र २२ रन बनाए । एपीएफका कमल ऐरी, अमर रौटेला र कप्तान रोहित पौडेलले २/२ विकेट लिए ।

यसअघि रुपन्देहीकै एक्स्ट्राटेक ओभल मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको एपीएफले ४२ ओभर ३ बलमा १ सय ४१ रन बनाउँदा सबै विकेट गुमायो । एपीएफका सन्दीप जोराले सबैभन्दा धेरै ६५ रन बनाए । आर्मीका आकाश चन्दले ४, सोमपाल कामीले ३ विकेट लिए ।

प्रतियोगितामा आर्मीको यो लगातार पाँचौं जीत हो भने एपीएफको पाँच खेलमा दोस्रो हार हो ।

Sharing

प्रतिक्रिया दिनुहोस