• २०८३ बैशाख ११ गते शुक्रवार

अग्नि खरेलले छोडे ओली क्याम्प

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष १, काठमाडौं ।   नेकपा एमालेको नयाँ नेतृत्व चयनको लागि आज मतदान हुदैछ । केन्द्रीय निर्वाचन आयोगले ४ बजेपछि मतदान हुने जानकारी दिएको छ ।

एमालेको नयाँ नेतृत्वका लागि अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले प्यानलनै बनाएर उम्मेदवारी दर्ता गरेका छन् ।

यसैबीच ओली पक्षमा रहेका एमाले नेता अग्नि प्रसाद खरेलले क्याम्प बदलेका छन् । यसअघि ओली निकट रहेका खरेल ओली पक्षबाट प्यानलमा नपरेपछि स्वतन्त्र रुपमा सचिवमा उम्मेदवारी दिएका थिए । तर उनी अन्तिम समयमा ईश्वर पोखरेल पक्षमा समेटिएका छन् । ईश्वर पोखरेल पक्षले सार्बजनिक गरेको आफ्नो प्यानलमा खरेललाई समेटेको छ । पोखरेल समुहबाट उपाध्यक्षमा अरुण नेपाल, गोकर्ण विष्ट, टंकप्रसाद कार्की, बिन्दा पाण्डे र परशुराम मेघी गुरुङ रहेका छन् ।

त्यस्तै महासचिवमा सुरेन्द्र पाण्डे रहेका छन् भने उपमहासचिवमा योगेश भट्टराई र बैजनाथ चौधरी रहेका छन् । त्यस्तै पोखरेल पक्षबाट सचिव पदमा अग्निप्रसाद खरेल, इन्द्रलाल सापकोटा, कर्णबहादुर थापा, कृष्णगोपाल श्रेष्ठ, गोकुल बास्कोटा, ठाकुर गैरे, पुरुषोत्तम पौडेल, रचना खड्का र विनोद ढकाल रहेका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस