• २०८३ बैशाख १५ गते मङ्गलवार

दिल्लीको हावाको गुणस्तर ‘गम्भीर’ श्रेणीमा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कार्तिक ३०, काठमाडौं । भारतको राजधानी दिल्लीको हावाको गुणस्तर ‘गम्भीर’ श्रेणीमा पुगेको छ । ] दिल्लीका अधिकांश क्षेत्रहरूमा वायु गुणस्तर सूचकांक (एक्यूआई) ४०० भन्दा माथि रेकर्ड गरिएको छ ।

आइतबार बिहान साढे ९ बजे दिल्लीमा एक्यूआई ४९३ पुगेको छ । दिल्लीको हावाको गुणस्तर विगत धेरै दिनदेखि ‘गम्भीर’ श्रेणीमा रहेको छ । ४०१ र ५०० बीचको एक्यूआईलाई ‘गम्भीर’ मानिन्छ ।

दिल्लीपछि पाकिस्तानको लाहोरको एक्यूआई २६१ रहेको छ भने इजिप्टको कायरोको २३५ र भारतकै कोलकोताको २०१ रहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस