पौष ०२ मुगु । एकै वर्षमा तीन जना अभिभावकको किरियाकाज गरेका १२ वर्षिय बालवको पछिल्लो समय आर्थिक सहयोगले गर्नेहरुमा पाईला सारेका छन् । जिल्लाको छायानाथ रारा नगरपालिका वडा नं ११ ¥याङ्गचेकाटीका १२ वर्षे बालक युवराज कुमालले एकै वर्षमा बावु , बाजे, र बज्यै गरि तिन अभिभावक गुमाएका कुमालको परिवार लाई आर्थिक सहयोग जुटेको हो ।

अभिभावक गुमाउदा घरवार चलाउनुका साथै लालनपालन , शिक्षा , स्वास्थ्य , आवास पनि गुमेको थियो । सोही घाउ लाई मलम लगाउन पालिकाखवर, हाम्राकुरा डटकम , संसारन्युज , खवर24नेपाल र सत्यपत्रिकामा समाचार प्रकाशित भए पछि सोही समाचार बमोजिम बालक कुमाल लाई आर्थिक सहयोग जुटेको हो ।

उक्त समाचार प्रकाशित भए पछि हाम्रा कुरा डट कमका संस्थापक अजयबावु सिवाकोटी र संसार न्यूज डट कमकी प्रबन्ध सम्पादक चन्द्रिका राना थापा चन्दा)को पहलमा देश तथा विदेशमा रहेका मनकारी व्यक्तित्वबाट २ लाख २१ हजार ५ सय रुपैयाँ सहयोग जुटेको हो । संकलित रकम बुधबार नेपाल पत्रकार महासंघ मुगु शाखाका अध्यक्ष नृपेन्द्र बहादुर मल्लले बालकको घर मै पुगि हस्तान्तरण गर्नु भएको थियो । हस्तान्तरण कार्यक्रममा नागरिक समाज मुगुका अध्यक्ष रुप बहादुर मल्ल लगायत जिल्लाका सञ्चारकर्मीहरुको उपस्थिती रहेको थियो । सो रकम बुझ्दै वेसाहारा बालबालिकाकी आमा सौमती कुमालले सहयोग गर्नेहरु आफनो लागी भगवान भएर धर्तीमा आएको बताउनु भएको छ । आफना बालबालिकाको शिक्षा र लालनपालनमा उक्त रकमखर्च गर्ने उनले बताईन ।
एकै वर्ष भित्रबाजे,बाबु र बजैको किरिया बसेका १२ बर्षे युवराजले भने आफना साना सानाभाई वहिनीको अविभावकभनेको म नै भएको छु घरमाकमाउने कोहि छैन एक आमाको कमाईले घर चलाउने कीहामी पढने, हामो्र दयनियअवस्था देखेर समाचार लेख्नु भएछ हामीले कहिल्यै नदेखेको रकम सहयोग पाएका छौ भविष्यमाहामीले सहयोग गरेको सहि ठाँउमा परेछ भन्ने देखाउने गरि आफु पढने र भाईवहिनीलाई पढाउने छु ।
समाचार कै प्रभावकाकारण छायाँनाथ रारा नगरपालिकाले यो परिवारलाई ओडने ओछयाउने कपडा र खाद्यन्न सहयोग गरेको छ भने बुधबारै ग्रामिण युवातथा समाजविकास केन्द्र (हिरिसडेक) मुगुकाअध्यक्षमुकुन्द रावलले युवराज सहितभाई वहिनीहरुलाई स्कुलझोला,न्यानो कपडा सहयोग गर्नु भएको छ ।