• २०८३ जेष्ठ १९ गते मङ्गलवार

पाटन कृष्ण मन्दिरमा भक्तजनको भिड (तस्बिरहरु)

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन ३१, काठमाडौं । आज कृष्णजन्माष्टमी पर्व देशभर भगवान श्रीकृष्णको पूजाआज गरी मनाइँदैछ । आज भगवान विष्णुको अवतार श्रीकृष्णको पूजाआज गरी वैदिक सत्य सनातन हन्दु धर्मावलम्वीहरुले मनाउने गर्दछन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्णजन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ ।

यसदिन देशभरिका कृष्णमन्दिरमा भगवान श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’ बसी रातभर जाग्राम बस्ने प्रचलन छ ।

आज पाटनको कृष्ण मन्दिर, भक्तपुरको कृष्ण मन्दिर लगायत देशभरका भगवान श्रीविष्णुका मन्दिरमा पूजाआधना गर्नेहरुको भीड हुने गर्दछ ।

Sharing

प्रतिक्रिया दिनुहोस