साउन ३१, काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले भगवान् श्रीकृष्ण जन्मजयन्तीको अवसरमा देश–विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी र दाजुभाइहरूलाई शुभकामना व्यक्त गर्नुभएको छ।

सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश जारी गर्दै भण्डारीले गीता–उपदेशक, धर्म, सत्य र न्यायका प्रवक्ता भगवान् श्रीकृष्णका शिक्षाले आज पनि समाजलाई अनुशासन, नैतिकता र जनकल्याणको मार्ग देखाउने उल्लेख गर्नुभयो। “हामी सबैले कृष्णका आदर्शबाट प्रेरणा लिएर समृद्ध, न्यायपूर्ण र सुसंस्कृत समाज निर्माणमा योगदान पुर्याऔँ” भण्डारीले सामाजिक सञ्जालमा उल्लेख गर्नुभएको छ ।
