• २०८३ जेष्ठ ३१ गते आइतवार

निर्वाचन आयोगका पदाधिकारीबाट स्व शर्माको परिवारजनसँग भेट

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार ३२, काठमाडौं । निर्वाचन आयोगले पूर्वनिर्वाचन आयुक्त इला शर्माको निधनप्रति दुःख व्यक्त गर्दै परिवारजनमा समवेदना व्यक्त गरेको छ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी, निर्वाचन आयुक्तद्वय डा जानकीकुमारी तुलाधर र सगुन समशेर जबरालगायत पदाधिकारीले आज दिवङ्गत शर्माको परिवारजनसँग भेट गरी समवेदना व्यक्त गरेको गर्नुभएको हो ।

स्व शर्माले निर्वाचन कानुनमा सुधार, निर्वाचनमा लैङ्गिक तथा समावेशीकरण नीति तथा आयोगको रणनीति कयोजना कार्यान्वयनमा महत्त्वपूर्ण भूमिका निर्वह गर्नुभएको जनाउँदै आयोगले नेपालको निर्वाचन इतिहासमा पु¥याउनुभएको योगदानका लागि उच्च सम्मान व्यक्त गरेको छ ।

विसं २०६९ चैत ११ गते निर्वाचन आयुक्तको पदमा नियुक्त भई २०७५ चैत १० गतेसम्म कार्यरत शर्माको ५८ वर्षको उमेरमा यही असार २८ गते निधन भएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस