• २०८३ बैशाख ५ गते शनिवार

यातायात व्यवसायीहरुको समस्या समाधानका लागि छलफलमा छौंः यातायातमन्त्री दाहाल

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

असार ३२, काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले यातायात व्यवसायीहरुको समस्या समाधानका लागि छलफल गरिरहेको बताएका छन् ।बुधबार महानगर यातायातको विद्युतीय सेवा शुभारम्भ कार्यक्रममा बोल्दै उनले यातायात क्षेत्रका समस्या समाधानका निम्ति प्रयत्न भएको भन्दै निरन्तर व्यवसायीहरुसँग पनि छलफल भईरहेको बताएका हुन् ।

उनले भने, ‘यातायातको क्षेत्र धेरै विकास भएको छ । यसलाई व्यवस्थित गर्दैछौ । यातायात व्यवसायीहरुसँग बसेर हामीले उहाँहरुको समस्याका बारेमा छलफल गरेका छौ । समस्या समाधानका निम्ति हामीले प्रयत्न गरेका छौ । संघीय संरचना अनुसार संघ, प्रदेश र स्थानीय तहहरुले आफ्नो आफ्नो अधिकार अनुसार काम भईरहेका छन् । कतिपय प्रदेशले गर्ने काम संघले गरिरहेको छ । ड्राइभिङ लाइसेन्सको समस्याको समाधान भईसकेको छ ।’ उनले पूर्वदेखि पश्चिमसम्म समेट्ने गरि राजमार्गहरु निमार्ण गरिरहेको भन्दै कोरिडोरहरु पनि रहर लाग्दा बनिरहेको बताए । उनले भने, ‘हामी पूर्वपश्चिममा चार वटा राजमार्गहरु बनाउँदै छौ ।

त्यसमध्ये एउटा एसियन स्ट्रेन्जरको एसियन राजमार्ग बनाउँदै छौ । सबैभन्दा दक्षिणतिरको हुलाकि राजमार्ग, मदनभण्डारी राजमार्ग, पहाडी राजमार्ग यी पूर्वदेखि पश्चिमसम्म समेट्ने राजमार्ग बनाउँदै छौ । यसको प्रगति धेरै गतिमा त हैन तर ठिकै गतिमा यसको प्रगति भईरहेको छ । उत्तरदक्षिणका कोरिडोरहरु बनाउँदै छौ हामी यी कोरिडोरहरु रहर लाग्दा बनिरहेका छन्  ।’ उनले सोचे जस्तो प्रगति गर्न नसके पनि काम भने भईरहेको बताए ।

Sharing

प्रतिक्रिया दिनुहोस