• २०८३ बैशाख ६ गते आइतवार

टस जितेर नेपाल हङकङ विरुद्धको खेलमा फिल्डिङमा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

वैशाख ३, काठमाडौं । नेपालले हङकङविरुद्ध पहिलो फिल्डिङ गर्ने भएको छ । आइसिसी यु–१९ विश्वकप एसिया छनोटको आफ्नो तेस्रो खेलमा नेपालले टस जितेर फिल्डिङ गर्ने निर्णय लिएको हो ।

मुलपानी तल्लो क्रिकेट मैदानमा नेपालका कप्तान नरेन भट्टले टस जितेर फिल्डिङको निर्णय लिएका हुन । नेपाल तेस्रो जीतका लागि मैदानमा उत्रदैछ ।

यसअघि नेपालले युएईलाई डकवर्ड लुइस पद्धति (डिएलएस) का आधारमा पाँच रन र ओमानलाई आठ विकेटले पराजित गरेर हङकङसँग भिडन आएको हो ।

Sharing

प्रतिक्रिया दिनुहोस