• २०८३ बैशाख ११ गते शुक्रवार

आइपिएल : कोलकाता नाइट राइडर्सलाई पन्जाब किङ्सले १६ रनले हरायो

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

वैशाख ३, काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) को रोमान्चक खेलमा कोलकाता नाइट राइडर्सलाई पन्जाब किङ्सले १६ रनले हराएको छ। जितको लागि १ सय १२ रनको सहज लक्ष्य पछाएको कोलकाता १५.१ओभरमा मात्र ९५ रनमा अल आउट भयो। आइपिएल इतिहासमा पहिलो ब्याटिङ गर्ने टोलीले जोगाएको यो सबैभन्दा कम योगफल हो ।

कोलकाताले जित निकाल्ने राम्रो मौका गुमायो। ओपनरद्वय सुनिल नराइन र क्विन्टन डि कक २ रनमा आउट भए। २ ओपनर गुमाउँदा कोलकाताले ७ रन बनाएको थियो। त्यसपछि अजिन्के राहने र अङकृश रघुबंशीले तेस्रो विकेटको लागि ५५ रनको साझेदारी गरे। राहने १७ रनमा आउट भए। अङकृश २८ बलमा ३७ रन जोडेर आउट भए।

सामान्य लक्ष्य पछाएको कोलकाताले पनि सानदार ब्याटिङकासाथ सहज जित निकाल्न भने सकेन। भेन्कटेश्वर अयर ७ रनमा, रन्कु सिंह २ रनमा, रमनदीप सिंह रनको खाता नखोली र हर्षित राना ३ रनमा आउट भए।

कोलकाताले ७९ रन बनाउँदा ८ विकेट गुमायो। यसपछि आन्द्रे रसल १७ रनना वैभव अरोरा शुन्य रनमा आउट भए। कोलकाता ९५ रनमा समेटियो।

बलिङमा युजबेन्द्र चाहलले ४ ओभरमा २८ रनखर्चेर ४ विकेट लिए। मार्की जानसेनले ३ विकेट झारे।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पन्जाबले १५.३ ओभरमा अल आउट हुँदै मात्र १ सय ११ रनमा समेटियो। कमजोर ब्याटिङ गरेको पन्जाबका खेलाडीहरू २० ओभर क्रिजमा टिक्न सकेनन्।

प्राभसिम्रन सिंहले सर्वाधिक ३० रन, प्रियान्स आर्याले २२ रन, सशांक सिंहले १८ रन र नेहाल वादेराले १० रन बनाए। अन्यले दोहोरो रनमा अंकमा छुन सकेनन्।

बलिङमा हर्षित रानाले ३ ओभर बलिङ गर्दै २५ रन दिएर ३ विकेट लिए। यस्तै वरूण चक्रवर्ती र सुनिल नराइनले २/२ विकेट लिए।

पन्जाबको यो चौथो जित हो। ८ अंक सहित अंक तालिकाको चौथो स्थानमा रहेको छ। सातौं खेलमा चौथो हार बेहोरेको कोलकातासँग ६ अंक रहेको छ।

Sharing

प्रतिक्रिया दिनुहोस