• २०८३ बैशाख ५ गते शनिवार

भारतको जम्मू कश्मीरमा बाढीमा परी मृत्यु हुनेको सङ्ख्या ४५ पुग्यो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन ३०, एजेन्सी । भारतको जम्मू कश्मीरको किश्तवाड क्षेत्रमा अचानक आएको आरीघोप्टे वर्षापछिको बाढीमा परी मृत्यु हुनेको सङ्ख्या ४५ जना पुगेको छ ।

बाढीमा परी मृत्यु हुने मध्ये अहिलेसम्म ३५ जनाको शव अस्पताल पुर्‍याइएको र जसमध्ये ११ जनाको शव पहिचान भएको बीबीसी हिन्दीले जनाएको छ ।

बाढीमा अहिलेसम्म १ सय जना भन्दा बढी घाइते भएका छन् भने मृत्यु हुनेको सङ्ख्या पनि बढ्न सक्ने अनुमान गरिएको छ । ७० जनालाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ ।

६०– ६० जनाको ५ समूह बनाएर सुरक्षाकर्मीको टोली राहत तथा उद्धारमा लागिरहेको खबरमा उल्लेख छ ।

हिजो बिहान करिब साढे ११ बजे किश्तवाडको चाशोती क्षेत्रमा आरीघोप्टे वर्षापछि अचानक बाढी आएको थियोे ।

Sharing

प्रतिक्रिया दिनुहोस