वैशाख २, काठमाडौं । पन्जाब किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा आज कोलकाता नाइट राइडर्सलाई १ सय १२ झिनो लक्ष्य दिएको छ। टस जितेर ब्याटिङ रोजेको पन्जाब १५.३ ओभरमा सबै विकेट गुमाएर १ सय ११ रन बनाएको छ।

टोलीका लागि ओपनर प्रभसिमरन सिंहले सर्वाधिक ३० रन , प्रियान्स आर्यले २२, शशांक सिंहले १८ रन बनाए । कोलकाताका हर्षित रानाले ३, वरुण चर्कवर्ती र सुनिल नारिनले २ विकेट लिए।
पन्जाब ५ खेलमा ३ जितका साथ ६ अंकसहित छैटौं स्थानमा छ। ६ खेलमा ६ अंकसहित कोलकाता पाँचौं स्थानमा छ।