बैशाख २, काठमाडौं । कोलकाता नाइट राइडर्ससँगको इन्डियन प्रिमियर लिग (आइपिएल) खेलमा पन्जाब किंग्सले टस जितेको छ।

पन्जाबका कप्तान श्रेयस अय्यरले टस जितेर ब्याटिङ रोजेका छन् । गत वर्ष श्रेयसकै कप्तानीमा कोलकाताले आइपिएलको उपाधि जितेको थियो।
आइपिएलमा कोलकताले यो सिजन ६ खेलाडीलाई यथावत राख्दा श्रेयस त्यो सूचीमा थिएनन्। नयाँ टोलीमा स्थानान्तरण र प्रशिक्षक रिक्की पोन्टिङसँगको पूनर्मिलनले श्रेयसलाई आफ्नो उत्कृष्ट प्रदर्शन गर्न मद्दत गरेको छ।
पन्जाब ५ खेलमा ३ जितका साथ ६ अंकसहित छैटौं स्थानमा छ। ६ खेलमा ६ अंकसहित कोलकाता पाँचौं स्थानमा छ।