मंसिर २८, काठमाडौं । नेपाल रेडक्रस सोसाइटी नारायणगढ उपशाखाले विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको छ । भरतपुर महानगरपालिका–१३ उज्वलनगरमा रहेको राष्ट्रिय आधारभूत विद्यालयका विद्यार्थीलाई विद्यालय पोसाकको स्वीटर वितरण गरिएको हो ।

उपशाखाकी सभापति कृपा राजभण्डारीको आर्थिक सहयोगमा न्यानो कपडा वितरण गरिएको हो । सामुदायिक विद्यालयमा अध्ययन गर्ने विपन्न वर्गका विद्यार्थीहरुलाई जाडोका कारण विद्यालय छोड्ने वातावरण नबनोस् भनेर न्यानो कपडा वितरण गरिएको उहाँले बताउनुभयो ।
शाखाका सभापति पौडेल, वडा सदस्य विना दवाडी, विद्यालयकी प्राध्यानाध्यापक रिपा दवाडीलगायतले जाडो समयमा विद्यार्थीहरुले विद्यालय छाड्ने गरेको बताउनुभयो ।