• २०८३ असार १७ गते बुधवार

मन्त्री सिन्हालाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको पनि जिम्मेवारी

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर २८, काठमाडौं ।  उद्योग, वाणिज्य तथा आपूर्ति; कानून, न्याय तथा संसदीय मामिलामन्त्रीको जिम्मेवारी सम्हालेका अनिलकुमार सिन्हाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको पनि जिम्मेवारी पाएका छन् ।

प्रधानमन्त्री सुशिला कार्कीले सिन्हालाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको पनि जिम्मेवारी दिएकी हुन् । राष्ट्रपतिको कार्यालयलले प्रधानमन्त्रीको सिफारिसमा भदौ २७ मा गठित मन्त्रिपरिषद्को जिम्मेवारीमा हेरफेर गरेको जानकारी दिएको हो ।

यसअघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री कार्की आफैले सम्हालेकी थिइन् ।

Sharing

प्रतिक्रिया दिनुहोस