• २०८३ जेष्ठ ३१ गते आइतवार

पहिलो वरीयताका डीआईजी ईश्वर कार्की एआईजीमा सिफारिस

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक २८, काठमाडौं । नेपाल प्रहरीमा रिक्त रहेको एक प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा प्रहरी नायव महानिरीक्षक (डीआईजी) ईश्वर कार्की सिफारिस भएका छन् । शुक्रबार बसेको गृह मन्त्रालयको बढुवा समितिले पहिलो वरीयताका डीआईजी कार्कीलाई बढुवाका लागि सिफारिस गरेको हो ।


डीआईजी कार्की कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा कार्यरत छन् । दानबहादुर कार्कीको प्रहरी महानिरीक्षक (आईजीपी)मा पदोन्नति भएपछि एआईजीको एउटा पद रिक्त भएको थियो । एआईजी बढुवा सिफारिसमा परेका ईश्वर कार्की पनि आईजीपी दानबहादुर कार्कीसँगै २०५४ चैत १८ गते प्रहरी निरीक्षक बनेका थिए ।

 

Sharing

प्रतिक्रिया दिनुहोस