• २०८३ बैशाख ४ गते शुक्रवार

पहिलो टेस्टमा पाकिस्तानले दक्षिण अफ्रिकालाई दियो २७७ रनको लक्ष्य

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज २८, काठमाडौं । पाकिस्तानले जारी टेस्ट सिरिजको पहिलो खेलमा दक्षिण अफ्रिकालाई २७७ रनको लक्ष्य दिएको छ । टेस्टको तेस्रो दिन पाकिस्तान आफ्नो दोस्रो इनिंगमा १६७ रनमा अलआउट भएपछि पहिलो इनिंगमा १०९ रनको बढ्तको आधारमा दक्षिण अफ्रिकालाई २७७ रनको लक्ष्य दिएको हो ।

पाकिस्तानले पहिलो इनिंगमा ३७८ रन बनाएको थियो भने दक्षिण अफ्रिका पहिलो इनिंगमा २६९ रन बनाएर अलआउट भएको थियो ।

पाकिस्तान भ्रमणमा रहेको दक्षिण अफ्रीकाले यसक्रममा २ टेस्ट खेलको सिरिज खेल्दैछ भने ३-३ खेलको टी-२० र एकदिवसीय खेलको सिरिज खेल्दैछ ।

Sharing

प्रतिक्रिया दिनुहोस