• २०८३ बैशाख १९ गते शनिवार

बायर्न म्युनिखको लगातार तेस्रो जित

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ २९, काठमाडौं । बायर्न म्युनिखले जारी जर्मनी बुन्डेसलिगा अन्तर्गत हाम बर्गर एसभीलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा बायर्न म्युनिखले हामबर्गर एसभीलाई ५-० गोल अन्तरले पराजित गरेको हो ।

बायर्नको जितमा ह्यारी केनले २ गोल गरेका थिए भने लुइस डियाज, सेर्गी ग्नाब्री र अलेक्जेन्डर पाभलोभीकले एक एक गोल गरेका थिए । यो यस सिजनमा बायर्न म्युनिखको लगतातार तेस्रो जित हो । बायर्नको यो जितपछि ३ खेलमा ९ अंक भएको छ र शिर्ष स्थानमा रहेको छ ।

त्यस्तै हामबर्गरको यो दोस्रो हार हो । ३ खेलमा एक बराबरी र २ हार बेहोरेको हामबर्गर एक अंकसहित हाल १७औ स्थानमा रहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस