• २०८३ जेष्ठ १७ गते आइतवार

बीमा कम्पनीहरुलाई आजदेखि कार्यालय पूर्ण रुपमा संचालन गर्न प्राधिकरणको निर्देशन

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ २९, काठमाडौं । नेपाल बीमा प्राधिकरणले आजदेखि कार्यलय पुर्णरुपमा संचालन गर्न बीमा कम्पनीहरुलाई निर्देशन दिएको छ ।

एक सूचना प्रकाशित गर्दै बीमा प्राधिकरणले केहि दिनदेखि उत्पन्न विषम परिस्थिति हाल सामान्य बन्दै गइरहेको र सुरक्षा निकायहरुले कर्फ्यु र निषेधाज्ञालाई समेत खुकुलो बनाउदै गएकोले सम्पूर्ण बीमा कम्पनी र तिनका शाखा कार्यालयहरु आजदेखि पूर्ण रुपमा संचालन गर्न र कर्मचारीहरु भौतिक रुपमा नै कार्यालयमा उपस्थित भएर कार्य गर्न गराउन अनुरोध गरेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस