• २०८३ जेष्ठ ५ गते मङ्गलवार

श्रीलंकाको एशिया कपमा विजयी शुरुवात

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ २९, काठमाडौं । श्रीलंकाले जारी एशिया कपमा विजयी शुरुवात गरेको छ । गएराती सम्पन्न खेलमा श्रीलंकाले बंगलादेशलाई ६ विकेटले पराजित गरेको हो ।

बंगलादेशले दिएको १४० रनको लक्ष्य पछाएको श्रीलंकाले १४.४ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । श्रीलंकाका लागि पाथुम निसान्काले ५० रन बनाए भने कामील मिशाराले ४६ रन बनाएका थिए ।

यस अघि यस हारेर पहिला ब्याटिंग गरेको बंगलादेशले २० ओभरमा ५ विकेट गुमाउदै १३९ रन बनाएको थियो । बंगलादेशका लागि शामिम बोसैनले ४२ र जाकर अलीले ४१ तथा कप्तान लिटन दासले २८ रन बनाएका थिए ।

समुह बि मा रहेको श्रीलंकाले पहिलो खेलमा जित हासिल गर्दै विजयी शुरुवात गरेको छ । त्यस्तै पहिलो खेलमा जित हासिल गरेको बंगलादेशले भने दोस्रो खेलमा हार बेहोरेको छ ।

त्यस्तै एशिया कप अन्तर्गत आज भारत र पाकिस्तानबीच खेल हुदैछ ।

Sharing

प्रतिक्रिया दिनुहोस