• २०८३ बैशाख १४ गते सोमवार

एन्फा युथ लिगः हिमालयन शेर्पालाइ हराउँदै सातदोवाटो बिजयी

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ १, काठमाडौँ । सातदोबाटो युथ क्लबले बिजय हासिल गरेको छ । एन्फा युथ लिगमा मंगलबार हिमालयन शेर्पा क्लबविरुद्ध १–० को बिजय हासिल गरेको हो ।

सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदानमा भएको खेलमा आयुश खड्काले गरेको एक मात्रै गोल सातदोबाटोको जितमा निर्णायक बन्यो । उनले दोस्रो हाफको ६६औं मिनेटमा गोल गरेका थिए ।

यो जितसँगै सातदोबाटोले चार खेलबाट ६ अंक जोडन सफल भएको छ भने पराजित हिमालयन शेर्पा भने समान ४ खेलबाट १ अंकमा सिमित रहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस