• २०८३ बैशाख १३ गते आइतवार

विपद् व्यवस्थापन प्रभावकारी बनाउन ‘स्वयंसेवक तालिम’

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट
मंसिर २७, काठमाडौं ।  राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विपद् व्यवस्थापन प्रभावकारी बनाउने उद्देश्यले विभिन्न स्थानीय पालिकाका प्रतिनिधिलाई तालिमको आयोजना गरेको छ । प्राधिकरणणले आजदेखि ‘विपद् स्वयंसेवक परिचालन आधारभूत तालिम पाठ्यक्रम-२०८१’ बमोजिम काठमाडौँमा सात दिने स्वयंसेवक तालिम सुरु गरेको हो ।
काठमाडौँको शङ्खरापुरमा आयोजित तालिम उद्घाटन गर्दै प्राधिकरणका कार्यकारी प्रमुख इञ्जिनियर दिनेश भट्टले विपद्का घटना हुँदा सबैभन्दा पहिले पुग्ने स्थानीयबासिन्दा तथा जनप्रतिनिधि भएकाले उहाँहरूलाई तालिम दिँदा प्रतिकार्य प्रभावकारी हुने धारणा राख्नुभयो । यस किसिमको तालिमले विपद् उद्धार प्रभावकारी हुने बताउँदै उहाँले आगामी दिनमा सबै स्थानीय पालिकामा तालिम दिने जानकारी दिनुभयो ।
भट्टका अनुसार तालिममा धनुषाको सहिदनगर नगरपालिका र सबैला नगरपालिकाका छ जना महिला र १८ जना पुरुषको सहभागिता छ । प्राधिकरण, सहिदनगर र सबैला नगरपालिकाको संयोजन र तत्पर परियोजनाअन्तर्गत प्लान नेपाल तथा सामाजिक विकास र अनुसन्धान केन्द्रको सहसंयोजन तथा जलवायु उत्थानशील इञ्जिनियरिङ्गको प्राविधिक सहयोगमा तालिम सुरु भएको हो ।

Sharing

प्रतिक्रिया दिनुहोस