• २०८३ बैशाख १२ गते शनिवार

रासस तस्बिर प्रदर्शनीबाट पर्वतीय पर्यटनको सम्भावना देखिन्छ

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

जेठ ३०, काठमाडौं ।प्रतिनिधिसभा, अन्तरराष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिका सभापति राजकिशोर यादवले रासस तस्बिर प्रदर्शनीबाट पर्वतीय पर्यटनको सम्भावना झल्किएको बताउनुभएको छ ।

समिति सभापति यादव – प्रतिक्रिया
काठमाडौँ, ३० जेठः प्रतिनिधिसभा, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिका सभापति राजकिशोर यादव गणतन्त्र दिवसका अवसरमा राष्ट्रिय समाचार समिति (रासस)द्वारा आयोजित ‘पर्वतीय पर्यटनः हाम्रो शान, हाम्रो पहिचान’ विषयक प्रदर्शनीमा राखिएका तस्बिर अवलोकनपश्चात् प्रतिक्रिया दिनुहुँदै । तस्बिरः नवीन पौडेलररासस

अठारौँ गणतन्त्र दिवसका अवसरमा राष्ट्रिय समाचार समिति (रासस)ले आयोजना गरेको ‘पर्वतीय पर्यटनः हाम्रो शान, हाम्रो पहिचान’ विषयक तस्बिर प्रदर्शनीको आज अवलोकनपछि उहाँले प्रदर्शनमा राखिएका तस्बिरले मुलुकमा पर्वतीय पर्यटन विकासको सम्भावना प्रस्ट्याएको बताउनुभयो । “राससले एउटा ऐतिहासिक, महत्वपूर्ण र खासगरी नेपालको पर्यटकीय क्षेत्रको सम्भावना झल्काउने तस्बिर प्रदर्शनीमा राखेको छ । यसले पर्यटकीय पर्यटन मात्रै हैन, पर्यटकीय सम्पदाबारे प्रचारप्रसार गर्न सहयोग गर्छ । जसले नेपाल प्राकृतिक सम्पदामा धनी छ भन्ने प्रचार गर्दै समग्र विकासमा फड्को मार्न योगदान पुग्छ”, उहाँले भन्नुभयो, “नेपालमा केही सम्भावना छैन भन्ने वर्गले गहिरो गरी अध्ययन गरौँ । नेपाल प्रकृतिको धनी देश हो । सम्भावना धेरै छन् । यिनै सन्देश प्रदर्शनीमा राखिएका तस्बिरहरुले पनि दिन्छन् ।”

यही जेठ ११ गतेदेखि सुरु भएको प्रदर्शनीमा नेपालका पूर्वदेखि पश्चिमसम्म फैलिएका विभिन्न हिमशृङ्खला, हिमाली जनजीवन तथा प्रमुख पर्यटकीय गन्तव्यसम्बन्धी ९६ तस्बिर राखिएका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस