• २०८३ बैशाख १५ गते मङ्गलवार

संघीय संसदका दुइ समितिको बैठक बस्दै

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन १, काठमाडौं । संघीय संसदका दुइ समितिको बैठक बस्दैछ । संघीय संसद सचिवालयका अनुसार ती सबै बैठक सिंहदरबारस्थित कार्यालयमा बस्नेछ ।

महिला तथा सामाजिक मामिला समितिमा सिडको आधारभूत सिफारिस नं. ३९ सम्बन्धमा छलफल हुने भएको छ । जुन बैठक अपरान्ह १२ः०० बजे बस्नेछ ।

उता, राज्य व्यवस्था तथा सुशासन समितिको बैठक अपरान्ह १२ः३० बजे बस्नेछ । जुन बैठकमा सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक,२०८० माथिको दफावार छलफलले निरन्तरता पाउनेछ

Sharing

प्रतिक्रिया दिनुहोस