• २०८३ असोज २२ गते बिहिवार

संसद विघटनविरुद्ध सर्वोच्चमा ८ रिट दर्ता

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पुष ६, काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद् विघटनको सिफारिस र राष्ट्रपतिले गरेको अनुमोदनविरुद्ध सर्वोच्च अदालतमा आठ वटा निवेदन पेस भएको छ । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार संसद विघटन गर्ने निर्णय सदर गर्नुभएको थियो ।

सर्वोच्चको मुद्दा महाशाखा प्रमुख बाबुराम दाहालका अनुसार अहिलेसम्म ८ वटा रिट दर्ताका लागि पेश भएकामा आफ्नो हातमा पाँच वटा रिट आइपुगेको र बाँकी तीन वटा पनि दर्ताका लागि पेश भएको जानकारी दिनुभयो । लोकेन्द्र वली ,कञ्चनकृष्ण न्यौपाने, कमलबहादुर खत्री, शालिकराम सापकोटा र सुलभ पोखरेलसहितले सर्वोच्चमा निवेदन दिएका छन्।

राष्ट्रपति भण्डारीले आगामी प्रतिनिधि सभा निर्वाचन वैशाख १७ र २७ गते हुने मिति पनि घोषणा गरिसक्नुभएको छ । बहुमत प्राप्त सरकारले ३ वर्ष कार्यकाल पूरा नगर्दै संसद विघटन गरेपछि त्यसलाई गैरसंवैधानिक भन्दै सर्वोच्चमा रिट पुगेको हो ।

सबै निवेदनहरुमा प्रधानमन्त्रीले गरेको सिफारिस र त्यसको अनुमोदन संविधानविपरीर भएकाले बदरको माग गरिएको छ भने तत्काल प्रारम्भिक सुनुवाइ गरी अन्तरिम आदेश हुनुपर्ने मागसमेत छ ।

Sharing

प्रतिक्रिया दिनुहोस