• २०८३ जेष्ठ ८ गते शुक्रवार

अभ्यास खेलमा नेपाल ९ रनले पराजित

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष २९, काठमाडौं । अभ्यास खेलमा नेपाल ९ रनले पराजित भएको छ। यु–१९ महिला विश्वकपको पहिलो अभ्यास खेलमा वेस्ट इन्डिजसँग नेपाल ९ रनले पराजित भएको हो ।


मलेसियाको कोलेज टुएन्कु जाफर मैदानमा सोमबार वेस्ट इन्डिजले प्रस्तुत गरेको ११० रनको लक्ष्य पछ्याएको नेपाल १९.१ ओभरमा १०० रनमात्र जोडन सफल भएको छ । नेपालका लागि सीमाना केसीले २३, कप्तान पूजा महतो र किरणकुमारी कुँवरले समान १८ तथा सोनी पाख्रिनले १५ रन बनाए भने वेस्ट इन्डिजका लागि अमिया गिल्बर्ट, आलिया विक्स र त्रिशा हर्डाटले समान दुई तथा केनिका क्यासरले एक विकेट लिएका थिइन् ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै १०९ रनको योगफल तयार पारेको थियो । अब नेपालले दोस्रो तथा अन्तिम अभ्यास खेलमा बुधबार अमेरिकाको सामना गर्नेछ ।

Sharing

प्रतिक्रिया दिनुहोस