• २०८३ जेष्ठ २ गते शनिवार

६.७ म्याग्निच्युडको भूकम्पपछि जापानको उत्तरी तटमा सुनामीको चेतावनी

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर २६, काठमाडौं ।  ६.७ म्याग्निच्युडको भूकम्पपछि जापानको उत्तरी तटमा सुनामीको चेतावनी जारी गरिएको छ ।

जापानी मौसम अधिकारीहरूले भूकम्पका कारण ‘समुद्री सतहमा उतारचढाव’ रेकर्ड गरिएको बताएका छन्, यद्यपि हाल कुनै क्षतिको आशंका गरिएको छैन । जापानको मुख्य टापुको सबैभन्दा उत्तरी प्रान्त, आओमोरी प्रान्तको तटमा रहेका धेरै क्षेत्रहरूबाट ६ हजारभन्दा बढी मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको छ ।

केही दिन अघि, सोही क्षेत्रमा ७.५ म्याग्निच्युडको भूकम्प गएको थियो, जसमा कम्तिमा ५० जना घाइते भएका थिए । अधिकारीहरूले अर्को, बलियो, परकम्प आउन सक्ने चेतावनी दिएका थिए र मानिसहरूलाई कम्तिमा एक हप्तासम्म उच्च सतर्कतामा रहन आग्रह गरेका थिए ।

जापानले प्रशान्त तटमा मेगाकम्पको चेतावनी दिएका छन् र आगामी ३० वर्षमा यस्तो भूकम्प आउने सम्भावना ६०-९० प्रतिशत रहेको बताएका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस