• २०८३ असार ८ गते सोमवार

भारतका पूर्वगृहमन्त्री पाटिलको निधन

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर २६, काठमाडौं ।  भारतका वरिष्ठ कांग्रेस नेता तथा पूर्व गृहमन्त्री शिवराज पाटिलको निधन भएको छ । समाचार एजेन्सी पीटीआईले पाटिलको ९१ वर्षको उमेरमा निधन भएको जानकारी दिएको छ ।

महाराष्ट्रका मूल निवासी शिवराज पाटिलले मराठवाडाको लातूरबाट संसद सदस्यको रूपमा सेवा गरेका थिए । उनी २००४ देखि २००८ सम्म भारतको गृहमन्त्री थिए भने २००८ मा भारतको मुम्बई आक्रमणको समयमा पनि गृहमन्त्री थिए ।

उनले गृहमन्त्री, लोकसभाका सभामुख, पञ्जाबका गभर्नरसहित भारत सरकारमा धेरै प्रतिष्ठित पदहरू सम्हालेका थिए ।

Sharing

प्रतिक्रिया दिनुहोस