• २०८३ असार ११ गते बिहिवार

प्रधानमन्त्री कार्की र राष्ट्रियसभाका अध्यक्ष दाहालबीच भेटवार्ता

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज २६, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालबीच भेटवार्ता भएको छ ।

आइतबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा पुगेका अध्यक्ष दाहाललर फागुन २० गते राष्ट्रियसभाको एक तिहाइ सदस्यको म्याद सकिने भएकाले ३५ दिनअघि नै निर्वाचन गर्नुपर्ने प्रावधानको बारेमा प्रधानमन्त्री कार्कीसँग छलफल गरेका हुन् ।

छलफलपछि अध्यक्ष दाहालले प्रधानमन्त्रीसँग राष्ट्रियसभाको निर्वाचनका साथै राष्ट्रियसभा बैठक बोलाउने विषयमा पनि परामर्श भएको जानकारी दिए । जेनजी आन्दोलनका क्रममा भएको आगजनीबाट बानेश्वरस्थित संसद् भवन ध्वस्त भएकाले हलको व्यवस्थापन भएपछि राष्ट्रियसभाको बैठक बोलाउने तयारी भएको उनले बताएका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस